समाचारनेपाली कांग्रेस

मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गदै प्रधानमन्त्री ओलीको पुत्ला दहन

३०, जेष्ठ काठमाडौ÷प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले मंगलबार काठमाडौँको गोंगबु चोकमा सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघको झण्डा च्यातेको छ । शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यातेर निन्दनीय काम गरेको नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टले बताएका छन् । ओली नेतृत्वको सरकारले लगातार पेट्रोलिमय पदार्थको मूल्यवृद्धि गर्दै गए पछि नेविसंघको संस्थापन पक्ष र महामन्त्री काफ्ले समूह छुट्टाछुट्टै रुपमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button