समाचार

दलित जनप्रतिनिधिलाई पूर्वप्रधानमन्त्री बाबुरामको प्रश्न हिन्दू धर्म किन स्वीकार्नुहुन्छ ?

१९ भदौ, काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ? पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न गरेपछि दलित समुदायका जनप्रतिनिधिहरू मुखामुख गर्न थाले ।
समता फाउण्डेशनले बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको भेला उदघाटन समारोहमा तीन जना पूर्वप्रधानमन्त्री एकै मञ्चमा थिए । विरलै देख्न पाइने यो दृष्यलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र बाबुराम भट्टराईले साकार पारेका थिए ।
तीन पूर्वप्रधानमन्त्रीमध्ये पहिलो वक्तामा परेका भट्टराईले शुरुमा राज्यका बिभिन्न तहमा दलितको प्रतिनिधिको तथ्यांक पेश गर्दै जातीय जनसंख्याका आधारमा त्यो हुन नसकेको बताए । उनले वर्तमान निर्वाचन प्रणाली कायम रहेसम्म दलितको प्रतिनिधित्व राज्यसत्तामा समानुपातिक नहुने पनि प्रष्ट पारे ।
त्यसपछि उनी दलित समुदायका अगुवा जनप्रतिनिधि तथा अभियन्ताहरुलाई नै प्रश्न गर्न थाले । भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले हिन्दू धर्मले जातप्रथा जन्माएको भन्दै जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको बताए ।
उनले अम्बेडकरको प्रसंग स्मरण गर्दै दलितहरुलाई भने— कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरुले त्यो परित्याग गर्नुपर्छ । हिन्दूत्वको नाममा जातपात प्रथा कायम गर्नेमाथि अन्तर्राष्ट्रिय समुदायले किन नाकाबन्दी नलगाएको ? यो प्रश्न हिँजो पनि उठेको थियो । धर्मको विषय भएकाले यसमा ती समुदायमा सामान्य विषय उठे पनि कोही निर्णयमा पुग्दैनन् ।
पूर्वप्रधानमन्त्री डा। भट्टराईले जातपात प्रथा मानवअधिकारको उल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको बताए । दलितलाई मान्छे नै नमान्ने हिन्दू धर्म मान्ने दलितहरुमाथि समेत उनले प्रश्न उठाए ।
भट्टराईले भने( मैले बोलेँ भने डलर खाएर बोल्यो भन्छन् । यसमा तपाईंहरु बोल्नुपर्छ । पाप लाग्छ भने मलाई लागोस् तर तपाईंहरु हिन्दू धर्म किन स्वीकार गर्नुहुन्छ रु त्यसमा सुधार हुँदैन भने तपाईंहरुले किन मान्ने रु अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाले ।
अनलाइनखबरबाट साभार

nema
Show More

Related Articles

Back to top button