breakingसमाचार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो, १५६७ संक्रमित

१८ जेठ, काठमाडौैँ
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको पुष्टि गर्नुभएको हो । यस्तै हिँजो दैलेखको दुल्लुसिथत क्वारेन्टाइनमा मृत्यु भएका युवाको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँको भनाई छ ।
आज एकैदिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । पोखराको प्रयोगशालामा गरिएइको परिक्षणमा मा ३ जनामा कोरोना देखिएको छ । यस्तै नारायणी अस्पतालमा गरिएको परिक्षणमा गरिएको परिक्षणमा ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा मा ३७ जना, सुर्खेतमा गरिएको परिक्षणमा २६ जना , भेरी अस्पतालमा गरिउको परिक्षणमा ८ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएमको परिक्षणमा १२ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ५ जना, कोसी अस्पतालमा गरिएको परिक्षणमा ५ जनामा कोरोना देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाको भनाई छ ।
 
आजै भरतपुर अस्पतालबाट मकवानपुरका १ जना महिला कोरोना जितेर डिस्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २२० पुगेको मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button