breakingसमाचारवी पी विचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजको राष्ट्रिय सम्मेलन आगामी जेठमा गर्ने तयारी

काठमाण्डौ चैत्र १४,

वीपी विचार राष्ट्रिय समाज केन्द्रीय कार्य समितिको वैठक बिहिवार समाजका सभापति के.वी गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।

वैठकलाई सम्वोधन गदै समाजका सभापति केवी गुरुङ्गले भने— समाजका साथीहरुले वैठकमा प्रस्तुत गर्नु भएका विचारहरुले समाजलाई अघि वडाउन सहयोग पुग्ने मैले विश्वास लिएको छु । जव सम्म नेपाली कांग्रेसलाई वीपीले अवलम्वन गरेको बाटोमा लैजान सकिदैन तव सम्म काँगे्रसले जनताको चाहान पुरा गर्न नसक्ने सभापति गुरुङको ठोकुवा छ ।

वीपी विचार राष्ट्रिय समाजले वीपीको विचारलाई जनता सम्म लैजान सक्ने कांग्रेस वनाउने भुमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिएका छन् । वीपी विचार राष्ट्रिय समाज काँगे्रसको प्रतिस्पर्धाी नभएर सहयोगी भएको गुरुङले स्पष्ट पारे ।

वैठकको प्रारम्भमा समाजका सह सभापति गोविन्द राज जोशीले वैठमा छलफल हुने विषयहरु प्रस्तुत गरेका थिए । जोशीले वी. पीको विचारलाइ जनस्तर सम्म लैजान समाजको कार्यक्रमहरुलाई अझ प्रभावकारी वनाउनु पर्नेमा जोड दिएका थिए

। वैठकमा समाजका उप महासचिव राम वहादुर गुरुङ्ग , कोषाध्यक्ष गिता रेग्मी , केन्द्रीय समितिका सदस्यहरु लक्ष्मण प्रसाद घिमिरे , राजन पन्त , पार्वती डीसी चौधरी , सुरेन्द्र हमाल , लोकेस ढकाल , केसव दाहाल , राम वहादुर वस्नेत ,भोज राज रेग्मी , हरीदर्शन श्रेष्ट , सरोज देवकोटा , भुमा पाण्डे , ढुण्डि राज पोखरेल , प्रा।डा। वाशुदेव खनाल , प्रदेस नं १ का सभापति श्री दिपक लोहनी , प्रदेस नं ३ का सभापति खेम राज सेडाई , प्रदेश नं ५ का सभापति रेवति प्रसाद भुसाल , प्रदेशका सभापति हस्तवहादुर मल्लले आफनो प्रदेशको संगठन र समाजको कार्य क्रमका वारेमा आफनो विचार प्रस्तुत गरेका थिए ।

वैठकले आगामी जेष्ट १८ गते काठमाण्डौमा वीपी विचार राष्टिय समाजको केन्द्रीय सम्मेलन गर्ने निर्णय गरेको छ । केन्द्रीय सम्मेलनमा समाजका केन्द्रिय सदस्यहरु , समाजका प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरु र ७७ जिल्ला वाट समाजका जिल्ला सभापतिहरु जना महिला सदस्य १ र अन्य एक जना जिल्लाले तोकेको समाजको जिल्ला सदस्य सहभागी हुने समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए । वैठकले समाजको विधान परीमार्जनको लागी शरोज देवकोटाको संयोजकत्वमा केन्द्रिय सदस्य भोज राज रेग्मी र ढुण्डि राज पोखरेल सदस्य रहेको विधान संसोधन मस्योदा समिति र प्रा डा वाशुदेव खनालको संयोजकत्वमा राजन पन्त, लोकेश ढकाल , हरी दर्शन श्रेष्ठ , दिपक लोहनी , भुमा पाण्डे रहनु भएको समाजको निति निर्माण मस्योदा समिति गठन गरेको हो । समाजको अर्को वैठक आगामी जेष्ट १७ गते समाजको केन्द्रिय कार्यालय चण्डोलमा वस्ने छ ।

कार्यक्रमको पुरा भिडियो हेर्नुहोला ।

nema
Show More

Related Articles

Back to top button