breakingसमाचार

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा विस्फोट गरेको आशंकामा एक जना पक्राउ

२८ फागुन,काठमाडौैँ÷ पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर नेता देव गुरूङलाई विस्फोटको आशंकामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।
 
गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । आज बिहान लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोलद्धारा प्रेसर कुकर बम विष्फोट भएको थियो । विष्फोटक पदार्थ कति शक्तिशाली थियो भन्ने विषयमा नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ । यसैबीच, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो निवासमा बम विष्फोटको घटनामा छानबनि गरी सत्यतथ्य बाहिर आउनुपर्र्नेे प्रतिक्रिया दिनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button