समाचार

जयपृथ्वीराजमार्ग २ दिनदेखि अवरुद्ध

२४ बैशाख÷ दुई दिन अघि परेको वर्षाका कारण बझाङको एक मात्र जयपृथ्वीराजमार्ग अवरुद्ध भएको छ । जल्लाको झोता बजारदेखि भाँडे बजारको बीचमा धेरै ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पहीरोका कारण राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंबाट सदरमुकाम चैनपुरतर्फ आएका बसहरु सबै झोता बजारमा छन् भने सदुरमुकाम चैनपुरबाट धनगढी कैलाली, महेन्द्रनगर, काठमाडौं, डडेल्धुराका सबै सवारी साधनहरु भाँडे बजारमा रोकिएका छन् । अवरुद्ध सडक खुलाउन प्रयास भैरहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button