breakingसमाचारविचारवी पी विचार

चराचुरुङ्गीदेखि बाघका शालिक भाइरल

 २०७९ पुष २२

काठमाडौं ।

केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्तामाझ बाघको शालिक भाइरल बनिरहेको छ । बाघ मात्र होइन दुम्सी, सुँगुर, गाई, देवीदेवतादेखि फलफूल, चराचुरुंगीलाई लिएर ट्रोल र मिम बनिरहेका छन् ।

सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले बाघका यी कुरुप मूर्ति र तस्वीर सेयर गर्दै कटाक्ष गरिरहेका छन् । चिसिंदो मौसम र तातिएको राष्ट्रिय राजनीतिको यो छेकोमा कसरी अचानक स्तम्भ, शालिक र मूर्ति भाइरल बने र यिनले कसरी हाम्रो कलाचेत र सौन्दर्यशास्त्रलाई प्रश्न गरिरहेका छन् भनेर जान्नु महत्वपूर्ण हुन आउँछ ।

केही दिनअघि सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्कमा राखिएको पाटेबाघको स्तम्भ फेसबुक र ट्वीटरका भित्तोमा देखियो । यो भाइरल बाघको फोटोमा लाइक, सेयर, कमेन्ट, ट्रोल र मिमको वर्षा नै हुन थाल्यो । बाघको बिग्रिएको आकृति र अर्को बनाउन लागेको खर्चको कारणले उक्त प्रादेशिक पार्कमा राखिएको बाघको शालिक दुई चर्चामा छ ।

काठमाडौंबाट बोलाइएका कालिगढले हतारमा निर्माण गर्दा स्वरुप बिग्रिएको एक अन्तर्वार्तामा शालिक बनाउने कम्पनीका सञ्चालक कृष्णकुमार श्रेष्ठले बताएका छन् । एउटै ढुंगाबाट बनाउनुपर्ने भएकाले शालिक मोटो देखिएको उनको तर्क छ । अर्को एक अन्तर्वार्तामा शालिक निर्माणको जिम्मा पाएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सहसचिव अमरबहादुर कार्कीले ५० हजारमा बनाएको शालिकलाई १३ लाख रुपैयाँ भन्दै भाइरल बनाइएको बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा बनाइएको भाइरल बनेको बाघको शालिक, जसको विरोधपछि हटाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका-४ का वडाध्यक्ष शेरबहादुर केसीले हल्लाको भरमा सामाजिक सञ्जालमा मूल्य राख्दा नकारात्मक प्रभाव परेको बताउँछन् । तर हल्ला नै सही, जसले बाघको उक्त कुरुप शालिकलाई हटाएर नयाँ स्थापित गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । अहिले उक्त भाइरल शालिक हटाएर नयाँ राख्ने तयारी भएको छ । सामाजिक सञ्जालको यो सामूहिक दबाबले कम्तीमा शालिक बनाउने स्थानीय सरकार र स्थानीय संघसंस्थालाई कलाचेतबारे गम्भीर हुन सुझाएको छ ।

nema
Show More

Related Articles

Back to top button