breakingसमाचारवाग्मती प्रदेशवी पी विचार

वी. पी. विचार राष्ट्रिय समाजले ३९ औ वी. पी.स्मृति दिवस श्रावण ६ गते मनाउने,

     प्रेस वक्तव्य 

२०७८ अषाढ १८
काठमाडौ,
वी. पी. विचार राष्ट्रिय समाजले ३९ औ वी. पी.स्मृति दिवस २०७८ साल श्रावण ६ गत भर्चुअल प्रविधि ZOOM मार्फत मनाउने,
वी. पी. विचार राष्ट्रिय समाज केन्दी्रय कार्यसम्पादन समितिको वैठक आज मिति २०७८ साल आषाड १८ गते समितिका सभापति श्री कुल वहादुर ( के. वी. ) गुरुङ्गको सभापतित्वमा समाजको केन्द्रिय कार्यालय चण्डोलमा सम्पन्न भयो । समाजको वैठकले निम्न निर्णयहरु निम्न वमोजिम छ ।
निर्णयहरु
यस पटकको ३९ औ वी. पी. जयन्ती २०७८ साल श्रावण ६ गते दिनको १२ ः३० वजे भर्चअल प्रविधि ZOOM मार्फत मनाउने । कार्यक्रममा सहभागि हुन सवै केन्द्रिय पदाधिकारीहरु तथा सदस्यहरु , जिल्ला सभापतिहरु, जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरु लाइ आमन्त्रण गरीएको छ । Facebook ID र ZOOM ID सवै सहभागिहरुलाइ उपलव्ध गराउने व्यवस्था मिलाउने निर्णय गरीन्छ ।
वैठकले वी. पी. विचार राष्ट्रिय समाजको सवै प्रदेशको प्रदेश अधिवेसन सम्वन्धमा यस अघिनै विभिन्न मितिमा गर्नै भनि मिति तय भई सकेको र हाल सम्म पनि सवै प्रदेशमा कोभिड १९ को प्रभाव नघटि सकेकोले हाल प्रदेश अधिवेसन गर्न संभव नदेखिएकोले अर्को सुचना नआउदा सम्मको लागी सवै प्रदेशमा गर्ने भनिएको प्रदेश अधिवेसनहरु स्थगित गर्ने निर्णय गरीन्छ ।
वैठकले वीपी विचार निति, सिद्धान्त र व्यवहार पुस्तक प्रकाशनका लागि छपाई कार्य सम्पन्न गरी २०७८ साल भाद्र २४ गते वीपी जयन्तीकाेअबसरमा विमोचन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कार्यसम्पादन समितिको वैठकले वी पी विचार राष्ट्रिय समाजको केन्द्रिय कार्य समितिको वैठक २०७८ साल श्रावण ६ गते विहान ११ः३० वजे देखि १२ः३० वजे सम्म ZOOM मार्फत संचालन गर्ने र कार्य समितिको वैठक समाप्त हुनासाथ ३९ आंै वी. पी.स्मृति दिवस २०७८ साल श्रावण ६ गते दिनको १२ ः३० वजे भर्चुअल प्रविधि ZOOMमार्फत मनाउने निर्णय गरेको छ ।

nema
Show More

Related Articles

Back to top button