समाचार

प्रदेश नंवर २ मा स्थगित एसईई परिक्षाको नयाँ तालिका सार्वजनिक

१८ चैत, काठमाडौैँ÷ प्रदेश दुईमा स्थगित माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले स्थगित एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डको सोमवार बसेको बैठकले बिज्ञान बिषयको परिक्षा चैत्र २२ गते सञ्चालन गर्ने बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए । त्यस्तै चैत्र २३ गते सामाजिक ,२४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिनको विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाडीनै बाहिरीएको पाइएपछि बिज्ञान बिषयको परिक्षा रद्ध गरिएको थियो । पाँचौ दिनको सामाजिक बिषयको प्रश्न पत्र पनि बाहिरीए पछि एसइइ परिक्षानै स्थिगत गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button