समाचारनेपाली कांग्रेस

सुचना प्रविधि विधेयकको सांसद थाहाद्धारा चर्को विरोध

१ असार, काठमाडौैँ÷ नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयक पास हुने हो भने सरकारका अरिङगाल बाहेक अरु सुरक्षित नहुने दाबी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले विधेयक विरुद्ध उत्रिन अभिब्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई आह्वान गरेका छन् विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्थाको विरोध गरे । प्रस्तावित कानुन संविधान, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै सांसद थापाले यसविरुद्ध बोल्न, लेख्न र जनमत निर्माण गर्न सांसद तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई अपिल गरे ।
यस्तै कांग्रेसकै सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गरेको आरोप लगाएकी छिन । सरकारले किसानको नाममा धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको उनको आरोप थियो । सांसद परियारले गुठी व्यवस्था आफैँमा सम्पदा भएको तर्क गर्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताइन् ।

nema
Show More

Related Articles

Back to top button