breakingसमाचार

वी.पी लाई सम्झँदै ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक विमोचन हुने

२१ भाद्र, काठमाडौैँ÷ १ सय ५ औैँ वी.पी जयन्तीको अवसरमा वी.पी विचार राष्टिय समाजले पुस्तक विमोचन गर्ने भएको छ । आगामी भाद्र २४ गते आइतवार काठमाडौैँको धुम्रवराह पार्टी प्यालेसमा दिवसको उपलक्ष्यमा आयोजना हुने विशेष समारोहमा ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक विमोचन हुने समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।
वी.पी विचार राष्टिय समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङको समुपस्थितिमा नेपाली काँगे्रसकी नेतृ पूर्वमन्त्री लीला कोइरालाले पुस्तकको विमाचन गर्ने कार्यक्रम रहेको चन्दले बताउनुभयो । पुस्तकमा नेपाली काँगे्रसको स्थापना कालदेखिका आरोह अवरोह लगायत काँगे्रसको सिद्धान्त र दृष्टिकोण बारे लेखिएको समाजले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button