breakingसमाचारविचारवी पी विचार

आकाशिंदै डलरको मूल्य, बिक्रीदर १३३ रुपैयाँ नाघ्यो

२०७९ कात्तिक ३ गते

३ कात्तिक, काठमाडौं । नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ -फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।

३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।

२ कात्तिकमा १ अमेरीकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको थियो । बिहीबार एकै दिन डलरको मूल्य १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ ।

अमेरीकी केन्दि्रय बैंकले ब्याजदर बढाएसँगै भारत लयात विशभरी रहेको अमेरीकी लगानी (पोर्टफोलियो) फिर्ता भइरहेको छ । भारतमा प्रत्यक्ष वैदेशिक लगानी बढीरहेको भएपनि पोर्टफोलियो लगानी फिर्ता हुँदा भारतिय मुद्रा निरनतर कमजोर बनिरहेको छ ।

भारतिय मुद्रा कमजोर बन्दा स्थिर विनिमयदरको कारण नेपाली मुद्रा पनि कमजोर बन्दै गएको हो ।

पछिल्लो एक महिनायता डलरको मूल्यले एक पनि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको छ । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्ऽीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अर्थवीदहरु बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलर हुने गरेको छ ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको छ । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम जस्तो जोखिम नेपाली अर्थतन्त्रमा छ ।

डलर महँगो हुँदा रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने सकारात्मक प्रभाव पर्न सकनेछ ।

copied from online khabar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button