समाचार

नयाँ बसपार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएको टहरा हटाइयो

२३ वैशाख, काठमाडौैँ÷ काठमाडौको नयाँ बसपार्क पुलसँगैको क्षेत्रमा अतिक्रमण गरी बनाइएका पसल टहरा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आवासीय टहरा खाली गरिएको हो ।
योसँगै विष्णुमति करिडोर खुला भएको छ । यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । काठमाडौं उपत्यकाको सवारी जाम व्यवस्थित बनाउन कोरिडोर सडक र पुलमुनिको सडकलाई पनि स्तरोन्नति गर्ने सरकारको योजना छ । त्यसै अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सडक सुधारको लागि समन्वायात्मक पहल थालेको जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button