breakingसमाचार

निवर्तमान सभामुख महराले पाए सफाइ

५ फागुन, काठमाडौैँ÷ निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा सफाइ पाएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो । बलात्कारको आरोप पुष्टि नभएको भन्दै अदालतले उनलाई सफाई दिएको हो । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिने फैसला गरेको छ । संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए । अदालतले सफाइ दिएसँगै महरा आज नै जेलमुक्त  भएका छन् ।

nema
Show More

Related Articles

Back to top button