समाचार

प्रदेश नं ७को नीति कार्यक्रम सर्वसम्मतिले पारित

३० जेष्ठ , काठमाडौ÷प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम मंगलवार सर्वसम्मतिले पारित भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले जेठ २६ प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि अस्ति, हिजो र आज छलफल भएको थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गर्नु भएको थियो । आगामी असार १ गते बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

nema
Show More

Related Articles

Back to top button