समाचार

सरकारले सन्तोषजनक काम गर्न नसकेको प्रधानमन्त्री ओलीद्वारा स्वीकार

काठमाडौँ – सरकारको काम सन्तोषजन नभएको भन्ने आरोपको प्रधानमन्त्री ओलीले स्विकार गरेका छन् ।
सिंहदरबार परिषरमा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले सरकारको कामले जनचाहना अनुरुप गति लिन नसकेको स्वीकार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने , ‘कामको गति सुस्त भयो भनेर भइरहेका गुनासाहरु जायज छन् । देशको विकासले गति लिन नसकेको हो । सरकार यी गुनासाहरुप्रति गम्भीर छ ।’
‘यो सरकारको डेढ वर्षको अवधि खासै सन्तोषजनक नरहे पनि अब बाँकी समयमा कामको गति तीव्र हुने उनले स्पष्ट पारे ।
यस्तै प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा पैदा गर्न खोजिएको पनि बताए । सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्न तयार रहेको उनले स्पष्ट पारे । लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका पनि खेल्नु परेको उनले बताए ।
यस्तै अब नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले हाल भइरहेका हिंसात्मक प्रयासहरु क्षणिक वितण्डा मात्रै रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
सरकार भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अनुसार अघि बढेको उनले बताए ।

nema
Show More

Related Articles

Back to top button