विश्व

अमेरिकी राष्ट्रपतिसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा

सिंगापुर, जेठ २७ । उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर गएका हुन । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।
दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।
सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको छ । किमले सोमबार सिंगापुरका प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ ।
किमसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति पनि सिंगापुर पुग्दैछन् ।

nema
Show More

Related Articles

Back to top button