विश्व

धोनी भारतीय सेनाका कर्णेल, जम्मु कश्मिरमा ड्युटी गर्ने

साउन १०, २०७६÷ भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमाकासैनिकको रुपमा काम गर्ने भएका छन्। सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको डिउटी गर्नेछन्। ३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय स्थल सेना प्रमुख बिपिन रावतले स्विकृत गरेका थिए ।

Show More

Related Articles

Back to top button