विश्व

इरान परमाणु सम्झौताबाट अमेरिकाले ग¥यो अगल भएको घोषणा, प्रतिबन्ध लगाउने तयारी

२६ वैशाख, काठमाडौं । इरान परमाणु सम्झौताबाट अमेरिकाले अलग भएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको कार्यकालमा गरिएको यो सम्झौता अप्रासंगिक भएकाले अमेरिका अलग भएको बताएका हुन ।
सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच एक सम्झौता भएको थियो जसमा इरानले परमाणु कार्यक्रम रोक्ने र अरु देशले उमाथि लगाइएका प्रतिवन्ध फुकुवा गर्ने उल्लेख छ ।
अब ट्रम्पले इरानलाई फेरि आर्थिक प्रतिवन्ध लगाउने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । । ९० वा १८० दिनपछि प्रतिबन्ध लगाउने ट्रम्पले बताए ।
 
इजरायलको समर्थन
अमेरिकाको यो निर्णयको इजरायलले समर्थन गरेको छ । तर, सम्झौतामा सहभागी देश फ्रान्स, जर्मनी, ब्रिटेनलेसमेत अमेरिकाको निर्णय आपत्तिजनका भनेका छन् । इरानले कडा शब्दमा निन्दा गरेको छ ।
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको निर्णयको कडा शब्दमा निन्दा गर्दै त्यसको जवाफमा युरोनियम सम्बर्द्धनको काम पुनः सुचालु गर्ने बताए ।
युरोनियम सम्बर्द्धनमार्फत् ऊर्जा आपूर्ति र हतियार निर्माण गरिने रुहानीले बताए ।
इरानी राष्ट्रपति रुहानीले आणविक ऊर्जा संगठनलाई युरोनियम सम्बर्धनको काम सुरु गर्न निर्देशन दिइसकेको स्पष्ट पारेका छन् ।

nema
Show More

Related Articles

Back to top button