विश्व

कोरोना महामारीका बीच चुनावी ¥याली सुरु गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

२९ जेठ, काठमाडौैँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका बीच चुनावी ¥याली सुरु गर्ने घोषणा गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी ¥याली गर्ने बताउनुभएको हो । कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी ¥याली स्थगित गरिएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी ¥याली सुरु गर्ने जानकारी दिनुभयो । सम्भवतः सबैभन्दा पहिले भोलीबाट ओकाहामाबाट ¥याली सुरु हुनेछ । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् ।
अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ । कोरोना संक्रमण फैलिन नदिनका लागि चुनाव ¥यालीमा कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने खुलेको छैन ।

nema
Show More

Related Articles

Back to top button