विश्व

भारतमा गर्मीका कारण ७१ जनाको मृत्यु

१ असार, काठमाडौैँ÷ भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तर बिहार सरकारले भने अहिलेसम्म यसको पुष्टि गर्न सकेको छैन । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४÷ ४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण हिजोमात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button