breakingसमाचारनेपाली कांग्रेस

विदेशी दलालहरुको मुकुण्डो उतार्ने दिन आइसक्यो – तारानाथ रानाभाट

६ कात्तिक, काठमाडौैँ÷ पूर्व सभामुख एवं नेपाली काँगे्रसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली काँगे्रस गुटहरुको मोर्चाको रुपमा विकसित हुन थालेको दाबी गरेका छन् । वी.पी कोइराला, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई लगायतका पहिलो पुस्ताका नेताहरुले पार्टीलाई मजवुत बनाएपछि पछिल्लो समय पार्टीभित्र प्रजातान्त्रिक मुल्य र मान्यतालाई वेवास्ता गर्ने कार्य बढ्दै गएको रानाभाटको भनाई छ ।
राजधानीमा रहेको रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै नेता रानाभाटले नेपाल विदेशी चलखेलको आधार भूमी भएको दाबी समेत गरे । २००७ सालदेखि नेपाल आन्तरिक तथा विदेशी चलखेलको जालोमा फसेको उनको ठम्याई छ ।
पूर्वसभामुख रानाभाटले विश्व शक्तिका रुपमा उदयमान चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालले फाइदा लिनुपर्नेमा समेत जोड दिए ।
पूरा अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुहोला

nema
Show More

Related Articles

Back to top button