breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक आइतबारसम्मको लागि स्थगित

काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिवारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ ।

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिएका थिए ।
रिजालले आफ्नो भनाई सक्दै संसद बैठक अगाडि बढ्न नसक्ने भनेपछि कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गराएका थिए ।

बैठकलाई सम्बोधन गर्ने क्रममा नेता रिजालले दुई तिहाइको दम्भको सरकार सत्याग्राहीसँग लडाईँ गर्न अग्रसर रहेको आरोप लगाए ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा नेता रिजालले सरकार ‘प्रोपोगाण्डा’ र झुटा कुरालाई प्रचार गर्न लागि परेको उल्लेख गरे ।

संसदमा सभामुखको भूमिका निष्पक्ष नरहेको, चिकित्सा शिक्षा विधेयक प्रतिपक्षी दललाई पेलेर पास गराएको, संवैधानिक परिषदमा सरकारले एकलौटी रुपमा निर्णय गरेर अघि बढेको भन्दै सबै विषय नसच्चाए सम्म बैठक अवरुद्ध गरिरहने रिजालले बताए ।
सभामुख कृष्णबहादुर महराले आगामी आइतबारसम्मको लागि बैठक स्थगित गरेका छन् । आइतबार बस्ने बैठक पनि काँगे्रसले अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button