समाचारविश्व

जम्मु कश्मीरमा सम्पादकसहित ४ जनाको हत्या

१ असार, काठमाडौं । भारतको श्रीनगरमा एक पत्रिकाका सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै अर्का एक सैनिकको पनि हत्या भएको छ ।
राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।
उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
२४ घण्टाभित्र एक पत्रकार र तीन सुरक्षाकर्मीसहित चार जनाको हत्या भएपछि जम्मु कश्मीरमा आतंकवादले फेरि शीर उठाएको टिप्पणी हुन थालेको छ ।

nema
Show More

Related Articles

Back to top button