समाचारनेपाली कांग्रेस

सभापति देउवाविरुद्ध शेखर कोइराला आक्रोसित, तत्काल महाधिवेसन गर्न माग ।

३१ वैशाख, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।
पार्टी सभापति विधान र सहमति दुबै मिचेर अगाडि बढेको भन्दै नेता कोइरालाले सभापति देउवाको विरोध गर्नुभयो । दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान मिचेको र अहिले पदाधिकारी नियुक्त गर्दा सहमति विपरित हिँडेको उहाँको आरोप छ ।
एउटा धारा निलम्बन गरेर विधान सम्वत बनाउने वा सहमति गरेर पदाधिकारी नियुक्त गर्ने बाटो भएपछि सभापति देउवाले दुबैलाई लत्याएको भन्दै कोइराला आक्रोशित बन्नुभयो । सोमबार विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै सभापति देउवा विरुद्ध असन्तुष्टी पोख्नुभयो ।
नेता कोइरालाले तत्काल महाधिवेशन गर्न नेतृत्व समक्ष माग गर्नुभएको छ । ‘सभापति देउवा जति कुर्सीमा रहनुहुन्छ, पार्टी त्यति नै कमजोर हुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो छ’ उहाँले भन्नुभयो ।
कांग्रेस नेता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सकारात्मक भएको बताउनुभयो ।
साथै मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति उपयुक्त नरहेको टिप्पणी कोइरालाले गर्नुभयो । घरको कुरा घरमा मिलाउँदा राम्रो हुने भन्दै उनले पाहुनाको अघि यस्ता कुरा गर्नु उचित नहुने बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button