breakingसमाचार

पार्टीभित्र कुनैपनि गुटबन्दी मान्य हुन्न ः शशांक कोइराला

सर्लाही, भदौ १३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र कुनैपनि गुटबन्दी मान्य नहुने बताएका छन् ।
बुधबार सर्लाहीको हरिवनमा पत्रकारसंग कुरा गर्दै कोइरालाले आन्तरिक गुटबन्दीका कारण कांग्रेस कमजोर भएको जिकिर गरे ।
तीनओटै चरणका निर्वाचनमा कांग्रेसले विपक्षीका कारण नभइ पार्टीभित्रकै गुट–उपगुटका कारण लज्जास्पद हार व्यहोर्नुपरेको उल्लेख गरे ।
अबको चार वर्षमा व्यापकरुपमा संगठन विस्तारका काम गरे पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउनसकिने उनको दाबी छ ।
विकास र परिवर्तनका काम कांग्रेसको समयमा भएको दाबी गर्दै कोइरालाले अहिलेको कम्युनिस्ट सरकारले विकासको खाका दिन नसकेको आरोप लगाए ।
सरकारसँग दुईतिहाइको दम्भ भएपनि कांग्रेस बलियो प्रतिपक्षीको भूमिकामा रहने कोइरालाले बताए ।

nema
Show More

Related Articles

Back to top button