समाचारवी पी विचार

वीपी विचार राष्ट्रिय समाजद्धारा नयाँबर्ष २०७६ सालको शुभकामना

१ बैशाख, २०७६ ÷ काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले नयाँ बर्ष २०७६ सालको पावन उपलक्ष्यमा सम्पूर्ण नेपाली, विज्ञापन दाता, पार्टीका नेता कार्यकर्ता तथा सबैमा शुभकामना ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति केवी गुरुङले आज एक शुभकामना सन्देश जारी गदै नवबर्षको शुभकामना दिएका हुन । उनले आफ्नो शुभकामना सन्देशमा लेखेका छन— आदरणीय स्वदेश तथा विदेशमॉ रहनु भएका दिदी बहिनी तथा राजू भाई हरूमा नया वर्ष २०७६ को पावन अबसरमा तपाई र तपाइको सपारिवारको शुख संबृधि र उतरोत्तर प्रगतिको कामना गर्दछु । उनले आफ्नो सन्देशमा देशमा दिगो शान्ति, प्रगतिको कामना समेत गरेका छन् ।
यसैबीच वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले पनि नयाँ बर्ष २०७६ सालको शुभकामना सन्देश जारी गरेका छन् । उनले आइतबार एक सन्देश जारी गदै स्वदेश तथा विदेशमा रहेका दिदी बहिनी तथा दाजू भाईहरुमा नयाँ बर्ष २०७६ सालको पावन अवसरमा सुख संवृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन ।
यस्तै वीपी विचार नेटवर्क प्रा.लि तथा अनलाइन पत्रिका डब्लु डब्लु डब्लु डट वीपी विचार डटकमले समेत नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेको छ । उसले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपाली, विज्ञापनदाता लगायत सबैमा उत्तरोत्तर प्रगतिको कामना गरेको हो ।

nema
Show More

Related Articles

Back to top button