समाचार

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

२० जेष्ठ, काठमाडौैँ÷पूर्वगृहमन्त्री दानबहादुर शाहीको आइतवार(आज) विहान निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ ।
श्वासप्रश्वास , मिर्गौला , मुटु रोगबाट पिडित शाहीलाई समस्या थप जटिल बनेपछि एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएको थियो । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री हुनुहुन्थयो ।
उहाको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने उनका भतिजा नेत्रबहादुर शाहीले जानकारी दिए

nema
Show More

Related Articles

Back to top button