breakingसमाचार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,एकै दिन २०१ जनामा संक्रमण पुष्टि

२१ जेठ, काठमाडौैँ
ननेपालमा कोरोनाका थप एक जनको मृत्यु भएको छ । जेठ १३ गते कोरोना पुष्टि भएका दोलखाका ७६ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
यस्तै आज एकै दिन २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य विराटनगरमा १ जना ,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानमा गरिएको परिक्षणमा १३ जना, नारायणीमा अस्पतालमा गरिएको परिक्षणमा ७ जना, सुर्खेतमा गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । यस्तै कोसी अस्पतालमा गरिएको परिक्षणमा ५ जना, सेती अस्पतालमा गरिएको परिक्षणम मा ५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा ९५ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा ९ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जनामा कोरोना पुष्टि र्भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । आज विभिन्न अस्पतालबाट गरी १२ जना कोरोनासंक्रमित उपचारपछि निको भएर घर र्फकेका छन् । यो सगैँ उपचारपछि डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुनेमा २२२ पुरुष छन् भने ५६ महिलारहेका छन् ।
यसैबीच हालसम्म नेपालमा पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले एक लाख ५५ हजार आठ सय ८० क्वारेन्टाइनमा छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button