breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको नेपाल बाहिर पनि संगठन विस्तार तिब्र

१७ साउन, काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले नेपाल बाहिर पनि संगठन विस्तारलाई तिब्र पारेको छ । समाजको विधानको धारा १५ को दफा ४ ले विदेश स्थित नेपाली समुदायबीच क्रमश समाजको संगठन गठन एवम विस्तार गदै जान सकिने ब्यवस्था अनुसार संगठन विस्तार सुरु भएको हो ।
समाजले एशिया—प्यासिफिक क्षेत्रका देशहरुमा संगठन गठन गर्ने प्रयोजनका लागि जापानमा क्रियाशिल सुवाष लोहनीलाई विशेष जिम्मेवारी प्रदान गरिएको बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
समाजको विधान, नियमावली, कार्यदेश, एवं एशिया प्यासिफिक क्षेत्रको राष्ट्रहरुमा समाजको संगठन गठन गरी कार्यसम्पादन गर्न लोहनीलाई विशेष निर्देशन गरिएको महासचिव चन्दले बताए ।
समाजले निकट भविश्यमा अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङ, दक्षिण कोरिया, भारत लगायतका देशहरुमा शाखा खोल्ने अन्तिम तयारी समेत गरेको चन्दले उल्लेख गरे ।

nema
Show More

Related Articles

Back to top button