समाचार

ओली सरकारको ठाडो आदेशमा सुकुम्बासीवस्तीमा डोजर चलाइयो, गरिब जनताहरुको हरिबिजोग (भिडियो)

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कठ्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिबारबाट डोजर लगाएर भत्काउन थालेको छ ।
करिब ५ दशक अघिदेखि बिबादित रहेको दमकको पुरानो बजार पूर्व सूनचाँदी लाइनको जग्गा खालि गराउनका लागि नगरपालिकाले बारम्बार प्रयास गर्दै आएको अवस्थामा यसबेला प्रहरीले बल प्रयोग गर्दै घरटहराहरु भत्काइरहेको छ । जनप्रतिनिधिको सहभागितामा प्रहरीको घेरा लगाएर २ वटा डोजरमार्फत घर टहरा भत्काउन थालेपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिहरुप्रति आक्रोश पनि पोखेकाछन् ।
जर्वजस्ती घर र पसल भत्काए पछि केही परिवारको भरे बस्ने ठाउँ समेत नभएको पीडित महिला मञ्जु चौधरीले रुदैं बताईन । बाजेले २००७ साल देखि भोगचास गर्दै आएको जग्गाको घरधुरीकर समेत नगर पालिकामा तिरेको बताउने लक्ष्मी मगरले गरीवहरुलाई दमक नगर पालिकाले अन्याय गरेको बताएकी छिन् । यस्तै स्थानीय सामािजक अगुवा मिठ्ठु तामाङका अनुसार सेना लगाएर नागरिकको घर तथा पसल भत्काउनु अलोकतान्त्रिक भएको बताएका छन ।
२४ साल देखि बस्दै आएका सो क्षेत्रका अगुवा मिठु तामाङका अनुसार शुरुमा त्यो जग्गा व्यक्तिको नाम भएको र पछि दमक नगर पालिकाले अधिग्रहण गरेको जानकारी दिएका छन् । जग्गा कसको भन्ने विषयमा यस अघि २०६१ सालमा मात्र दमक नगर पालिकाको भोगाधिकार भएकोले व्यक्तिको जग्गा सरकारी पक्षबाट अधिग्रहण गरेर त्यहाँ बसोवास गर्ने सुकुम्बासीहरुलाई विचल्नीमा पार्न खोजिएको स्थानीय बासिन्दाहरुको दावी रहेको छ । नयाँ सरकारले चुनावमा भोट माग्दा सुकुम्बासी समस्या समाधान गर्छौ भनेको त जर्वजस्ती घर भत्काएर हटाउँछौं भनेको जस्तो भएको केही पीडितहरुले बताएका छन् ।
२०७१ साल माघ २१ गते नै त्यहाँ व्यापार व्यबसाय गर्दै आएका ३४ जना व्यापारीहरुले आफूहरु नगरपालिकाको जग्गा खालि गराउन सहमत रहेको नगरपालिका समक्ष हस्ताक्षर गरेर कबुलियत गरिसकेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । बीच बजारमा रहेको करोडौको जग्गामा सुविधा सम्पन्न व्यापारिक महल बनाउनका लागि पुराना घर टहरा भत्काउन आग्रह गर्दा अटेर गरेपछि प्रशासनको सहयोगमा त्यस्ता घर टहरा भत्काउने अवस्था आएको ओलीले प्रष्ट्याए ।
हामी सुकुम्बासीहरुको समस्या समाधान नगरेर उल्टै बल प्रयोग गरेर पुलिसको घेरामा जर्वजस्ती महिला तथा केटाकेटीलाई लछार पछार गर्दै घर तथा पसल भत्काउनु भनेको हदैसम्मको निरंकुश चरित्र भएको बताइएको छ । यता नगर पालिकाले भने सरकारले देशभर सार्वजनिक जग्गा खाली गराउने निर्देशन अनुसार आफूहरुले पटक पटक हट्नका लागि सूचना जारी गर्दा समेत अटेर गरेकोले सुरक्षाका लागि प्रहरीको उपस्थितिमा पसल भत्काएको बताएको छ । नगरले सरकारको स्वामित्वमा रहेको ११ कठ्ठा हाराहारीकोसो जग्गामा साढे ११ करोडको बजेटमा सपिङ्ग महल निर्माणको तयारी भएको दमक नगर पालिकाले जानकारी दिएको छ ।
नगरले जर्वजस्ती गरे आन्दोलनको चेतावनी यसैबीच संघीय समाजवादी फोरम नेपालले आज दमक वडा नं. ७ को हाटखोलामा गरेको कार्यलाई तानाशाही शैली भएको भन्दै भत्र्सना गरेको छ । आज साँझ दमक नगर समितिका अध्यक्ष बासुदेव राईले विज्ञप्ती जारी गर्दै बर्षौ देखि बस्दै आएका सुकुम्बासीको टहरा भत्काउने कार्यलाई आफूहरु स्वीकार नगर्ने बताइएको छ । उचित व्यवस्थापन विना जवरजस्ती ढंगले दमक नगरले बस्ती उठाउने कार्य गरे आफूहरु आन्दोलनमा समेत उत्रने चेतावनी दिइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button