breakingसमाचार

कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडौं, कात्तिक १० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।
कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दावी पनि सभापति देउवाको दाबी छ । नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको सुनाउँदै उनले सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन समेत दिए ।
उनले यसो भनिरहँदा तरुण दलका महासचिवले भने पार्टी सभापति सहभागि हुने कार्यक्रम बहिष्कार गर्दै काठमाडौंमै अलग्गै कार्यक्रम आयोजना गरेको बताइएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सरकारले मुलुकलाई बन्धक बनाएको भन्दै त्यसबिरुद्ध तरुण दल सडकमा आउने बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button