breakingसमाचार

नवनियुक्त प्रहरी महानिरिक्षक जवालीद्धारा पदभार ग्रहण

२९ माघ, काठमाडौैँ÷ नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै ज्ञवालीले कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने बताउनुभयो । महानिरीक्षक ज्ञवालीले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सरोकारवाला निकायसँगको सहकार्यलाई अझै विस्तारित गर्ने बताउनुभयो । नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकका नैसर्गिक हक, अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको ज्ञवालीले बताउनुभयो ।
हिजोको मन्त्रिपरिषद् बैठकले आजदेखि लागू हुने गरी उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो । ज्ञवालीले २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनुहुनेछ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button