breakingसमाचार

पौडेलका कारण तनहुँमा कांग्रेस कमजोरः जोशी

तनहुँ÷ नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले गृह जिल्लाका पार्टी कार्यकर्तासँग भेटघाट गरेका छन् । बिहिबार तनहुँ आएका जोशीले डुमे्र बजारका कार्यकर्तासँग भेटघाट गर्दै उनीहरुको जिज्ञासा समाधान गरेका हुन् । नेता जोशीले तनहुँमा कांग्रेसको संगठनमा आफू लामो समय गाउँ गाउँ खटेको स्मरण गर्दै त्यति दुःख गरेको संगठन अहिले कमजोर भएर सबै सिट हार्ने अवस्थामा पुग्दा दुःख लागेको बताए ।
आफू नेतृत्वमा रहँदासम्म पार्टीको जिल्लामा बलियो अवस्था रहेको स्मरण गर्दै जोशीले तर आफू नेतृत्वमा नरहँदा नेतृत्व गर्नेहरुका कारण पार्टी कमजोर भएको बताए । पार्टीका नेता रामचन्द्र पौडेलको नाम लिएर जोशीले पौडेलकै नेतृत्वमा गएको चुनावमा हार भएको बताए । चुनावमा जिल्लाको टिकट वितरणको जिम्मा लिएका कारण हारको जिम्मेवारी पनि पौडेलले लिनुपर्ने नेता जोशीले बताए । आफूले चुनावमा आफ्नो जित मात्र निश्चित गर्न विपक्षी उम्मेदवारसँग सहकार्य गरेको आरोप लगाएका नेता जोशीले यसै कारण चुनावमा हार भएको बताए ।
पूर्व मन्त्रीसमेत रहेका जोशीले कांगे्रसलाई बलियो बनाउनको लागि अब गाउँ गाउँमा जान यहि २८ गते बीपी विचार समाज तनहँुको जिल्ला अधिवेशन तथा नेपाली कांगे्रस क्षेत्र नं १ तनहँुको क्षेत्रीय भेला डुमे्रमा राख्ने तय गरिएको बताए । उनले गाउँ गाउँमा गएर अब पहिलेझैं पार्टीको संगठन बलियो बनाउन लाग्ने बताए । लामो समयसम्म आफू नेतृत्वमा नरहँदा कमजोर बनेको संगठन सम्हाल्न आफू गाउँ गाउँ खटिने जोशीले बताए । जोशी केही दिन पार्टी र पार्टी निकट विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । उनले व्यास २ मालपोतलाईनस्थित पार्टी कार्यालयको पनि निरिक्षण गर्दै कार्यकर्तासँग अन्र्तक्रिया गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button