breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसमा गुटगत राजनीतिः सभापति देउवालाई एक्ल्याउने जिल्ला सभापतिहरुको प्रयास

२० चैत, काठमाडौैँ÷नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला तेस्रोपटक बुधवार राजधानीमा सुरु भएको छ । पार्टीको केन्द्रीय नेतृत्वले आफूहरूसँग गरेको सहमति लत्याएको भन्दै जिल्लाको नेतृत्व हाँकेका सभापतिहरूले एक वर्षमै तेस्रोपटक भेला डाकेका हुन् ।

भेलामा केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने विषयमा छलफल हुने भेलाको अगुवाइसमेत गरिरहेका कांग्रेस काठमाडौंका जिल्ला सभापति सवुज वानियाले जानकारी दिए । सबै जिल्ला सभापतिहरुलाई बैठकका बोलाइएको भन्दै उनले कम्तिमा ५० भन्दा बढि जिल्लाका सभापतिहरु सहभागी हुने बताए ।

महासमिति बैठकको हलमा उठेको विषय केन्द्रीय स्तरका नेताहरु पनि महाधिवेशन प्रतिनिधि बन्न बुथबाटै निर्वाचित भएर आउनुपर्ने विषय र समानुपातिक र समावेशी कोटाका विषयमा गम्भीर छलफल हुने नेपाली काँगे्रस काभे्रका सभापति मधु आचार्यले जानकारी दिए ।

जिल्ला सभापतिहरुको भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापति भने सहभागी भएका छैनन् । भेलालाई केही व्यवस्थित पार्न केही दिनपछि सार्न गरिएको प्रस्ताव अस्वीकार भएकाले आफूहरु यो भेलामा सहभागी नहुने भक्तपुर जिल्ला कांग्रेस सभापति दुर्लभ थापाले बताए । उनले जिल्ला सभापतिहरुको भेलाले सभापति देउवालाई कमजोर बनाउने भन्दै पार्टीको हीतविपरित हुने भेलामा आफुहरु सहभागी नहुने स्पष्ट पारे ।

गत असारमा केन्द्रकै पहलमा हेटौँडामासमेत जिल्ला सभापतिहरुको भेला सम्पन्न भएपछि संस्थापन इत्तरका सभापतिहरुको भेला नुवाकोटमा सम्पन्न भएको थियो । मंसिरमा भएको नुवाकोटको भेलाले स्थानीय तहका कांग्रेस नेताहरुले उठाएको आवाजलाई सम्बोधन गर्ने गरी महासमिति बैठकमा उठाउन निर्णय गरिएको थियो ।

गत पौषमा सम्पन्न भएको कांग्रेस महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्ग्याएका थिए ।

तर त्यसपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले जिल्ला सभापतिहरुसँग नेतृत्वले गरेको बाचाअनुसारको निर्णय नगरेको हो । बरु केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गर्‍यो । अघिल्लो महिना कांग्रेसका ५६ जना जिल्ला सभापतिहरुले सामुहिक रुपमै विज्ञप्ति निकालेर केन्द्रीय समितिले गरेको निर्णय सच्याउन माग गरेका थिए ।

विधान संसोधन मस्यौदा महासमिति बैठकले एकमतले पारित गर्न नसक्दा केन्द्रीय समितिमा पुगेको मस्यौदाका केही बुँदामा सभापति देउवा र वरिष्ठ नेता पौडेलकाबीच विवाद बढेपछि केन्द्रीय समितिमा लामो समयसम्म छलफल चलेको थियो ।

केन्द्रीय समिति बैठकमा समेत केन्द्रीय सदस्य बुथबाटै निर्वाचित भएर आउनुपर्ने वा नपर्ने र समानुपातिक, समावेशी कोटाबाट मनोनित हुने व्यवस्था निरन्तर कायम राख्ने वा समयसिमा तोक्ने भन्ने विषयमै विवाद चलेको थियो । तर अन्तिममा पौडेल र देउवाबीच सहमति भएपछि विधान सर्वसम्मत रुपमा पारित भएको थियो ।

nema
Show More

Related Articles

Back to top button