breakingसमाचारनेपाली कांग्रेस

दैनिक ज्यालादारीमा निर्भर मजदुरलाई तत्काल राहत प्याकेज ल्याउन सरकारलाई कांग्रेसको आग्रह

१४ चैत्र, काठमाडौैँ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकका लागि तत्काल राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले आज विज्ञप्ती जारी गदै दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पु¥याएको बताउनुभयो ।
 
त्यस्ता मजदुरहरुलाई सरकारले तोकेको न्युनतम ज्यालादरमा कम नहुने गरी राहत प्याकेज घोषणा गर्न सभापति देउवाले आग्रह गर्नुभयो । न्युन आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरी बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले २० लाखसम्म ऋण लिएका साना व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिकालागि ब्याजदर घटाउन समेत माग गरेको छ ।

nema
Show More

Related Articles

Back to top button