समाचार

मकवानपुरमा बर्डफ्लु भेटिएपछि पर्सामा सतर्कता

१ चैत, वीरगञ्ज । मकवानपुरमा बर्डफ्लु भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्डफ्लु भेटिएको पुष्टि भएपछि सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीस्थित कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएको कुखुराको नमूना परीक्षणका क्रममा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु मानेर वडा नं। ६ र ७, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रमा कुखुरा, अण्डा र सुलीको निकासी रोकेको छ ।

nema
Show More

Related Articles

Back to top button