समाचार

विश्वकप फुटबलमा साउदीको गोलपोष्टमा रुसको ५ गोल, आज ३ खेल हुँदै, स्पेन र पोर्चुगल आमने सामने हुने ।

काठमाडौं, असार १ । विश्वकप फुटबलमा आयोजक रुसले सानदार विजयी सुरुवात गरेको छ ।
विश्वकप फुटबल २०१८ को गयराति भएको उदघाटन खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे । खेलको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्टलाई अग्रता दिलाए । ४३ औं मिनेटमा चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा रुसले अझ आक्रामक खेल पस्कियो । सब्स्टीच्युट खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा एक गोल थप्दै रुसको जित सुनिस्चित गरे ।
खेलको अन्तिम मिनेटमा चेरिशेभले व्यक्तिगत दोस्रो गोल गरेपछि रुसको अग्रता ४–० पुग्यो । इन्जुरी समयमा पाएको फ्रि किक प्रहारमा अलेक्जान्डर गोलोभिनले निकै आकर्षक गोल गरेपछि एसियाली मुलुक साउदी अरेबिया ५–० ले पराजित भयो ।
जितसँगै रुसले आफ्नै भूमिमा भएको विश्वकपमा अन्य सहभागि टोलीलाई बलियो सन्देश दिंदा साउदी अरेबियाको लागि भने यो दिन बिर्सन लायक खेल बन्यो ।
रुसले समूह चरणको दोस्रो खेलमा आगमी मंगलवार ईजिप्टसँग खेल्दा साउदी अरेबियाले बुधवार उरुग्वेसँग खेल्नेछ ।
विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ए को दोस्रो खेलमा आज ईजिप्टले उरुग्वेको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।
आजै समूह बी का दुई खेल हुनेछन् । बेलुकी पौने ९ बजे मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने सामने हुनेछन् ।
यो खेललाई समूह चरणको सबैभन्दा कठिन खेलको रुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ ।
क्रिश्चियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो । दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाईनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिले पनि तिनै खेलाडीहरुको बाहुल्यता छ ।
उता स्पेनमा पनि विश्कै चर्चित खेलाडीहरु रहेका छन् ।

nema
Show More

Related Articles

Back to top button