समाचार

महराकै कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो

काठमाडौं, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर बयान फेरेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ ।
उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत दाम्पत्य जीवन तोडिएको बताएका हुन् ।
‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा,’ फेसबुकमा स्टाटस लेखेका छन् ।
चित्रबहादुर र रोशनीको हस्ताक्षर रहेको लिखितपत्रमा भनिएको छ, ‘थुप्रै उतारचढावबीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ ।’
रोशनीले गत आइतबार तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको भिडियो अन्तरवार्ता सोमबार सार्वजनिक भएको थियो । सोमबार नै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । मंगलबार भने रोशनीले बयान फेर्दै अर्को अन्तरवार्ता दिइन्, जसमा महरा आफ्नो पिता समान रहेको उनले बताएकी छिन् । उनले महराबाट आफूलाई दुर्व्यवहार नभएको पनि सो भिडियोमा उल्लेख गरेकी थिएन् ।
 

 
 
 
 
 

nema
Show More

Related Articles

Back to top button