समाचार

कोरोनाको प्रभाव ः अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैैँया कमजोर

२७ फागुन, काठमाडौैँ÷ विश्वभर कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेका बेला अमेरिकी डलर बलियो बन्दै गएपछि तुलनात्मक रुपमा नेपाली रुपैयाँ कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर १ सय १८ रुपैयाँ ८४ पैसा तोकेको छ । यो यस वर्षकै उच्च हो । अघिल्लो सोमबार अमेरिकी डलरको बिक्रीदर प्रति डलर १ सय १५ रुपैयाँ ८६ पैसा तोकिएको थियो । एक सातामै करिब ३ रुपैयाँले अमेरिकी डलरको भाउ बढेपछि तुलनात्म रुपमा नेपाली मुल्य कमजोर बनेको हो । दुई वर्षको अवधिमा १४ रुपैयाँले अमेरिकी डलर बलियो बनेको छ । गत वर्ष अमेरिकी डलरको मूल्य १ सय १९ रुपैयाँ नजिक पुगेको थियो ।

nema
Show More

Related Articles

Back to top button