समाचार

वीपी विचार राष्ट्रिय समाज जापानले ग¥यो छलफल कार्यक्रम

२० पुष ÷ ४४ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा वीपी विचार राष्ट्रिय समाज जापानले आयोजना गरेको नयाँ दशक २०२० को शुभकामना आदान प्रदान तथा “राष्ट्रिय बिकासमा नेपालीहरुको अन्तरराष्ट्रिय एकताको आवश्यकता” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
 
राष्ट्र निर्माणको सवालमा बीपीको मेलमिलाप निती राजनीति पार्टीहरु बिचमा मेलमिलाप हुनुका साथै अन्तरराष्ट्रिय रुपमा छरिएर रहेका नेपालीहरु बिच मेलमिलाप हुनु पनि त्यतिकै सान्दर्भिक भएको बिचारहरु प्रस्तुत भएको उक्त कार्यक्रमको सभापतित्व सभापती डा सुदिप अधिकारीले गर्नुभएको थियो ।
 
संस्थाको निमन्त्रणा स्विकार गरेर आउनु भएका अथितिहरू एनआरएनए आईसीसी का निबर्तमान प्रवक्ता भुषण घिमिरे, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम सिंह ठगुन्ना, जनसंपर्क समिती जापानका पूर्व संयोजक भूपी गोविन्द श्रेष्ठ, जनसंपर्क समिती जापानका संस्थापक जेपी पन्डित, जनसंपर्क समिती जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, ओखलढुङा समाज जापानका अध्यक्ष सन्तोष बानिया, धादिङ समाज जापानका ब। उपाध्यक्ष दिनेश लोहनी, जेपी फाउन्डेशन जापानका अध्यक्ष कुमार कार्की सिमपानी न्युजका बिमल भट्ट लगायत अन्य संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
 
त्यसैगरि पार्टिहरु आन्तरिक झै झगडा र गुट उपगुट भन्दा माथि उठेर बीपीको समाजबाद लाई टेकेर समस्त राष्ट्रको समृद्दी तर्फ लाग्नु पर्ने वक्ताहरुले जोड दिएका थिए । श्याम लामा, पेम्बा लामा, ध्रुब कुमार थापा, गृश्मा पौड्याल, प्रकाश योगी, शिवहरी पौडेल, सुनिता कडेल्, प्रबिण मैनाली, राम सिंखडा, धर्मिका घिमिरे, बिनोद स्यान्तन, शल्जिता श्रेष्ठ, बिमल कार्की, फणिन्द्र पहाडी, राजेन्द्र खडका राजेन्द्र पुरी, बिजय सडौला, दिलिप बाबु शिवा आफ्नो विचार राख्नुभएको वीवी विचार राष्ट्रिय समाज एशिया तथा प्याशिफिक समितिले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button