breakingसमाचार

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्च अदालतको आदेश

काठमाडौं, कात्तिक १ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो ।
स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरीत हुने सर्वोच्चको अदालतको ठहर छ ।
प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गरिएको हो ।
पाँच सदस्यीय संवैधानिक इजलासको उक्त आदेशसँगै देशभरका करिब ३० हजार जनप्रतिनिधिले लिँदै आएको सुबिधा रोकिने भएको छ ।
सर्वोच्चले भदौ १ गते केन्द्र सरकारले बनाएको काुननसँग बाझिने गरी प्रदेशहरुले बनाएको कानुन अमान्य घोषित गरिदिएको हो ।
अधिवक्ता लोकेन्द्र वलीले संघीय कानुन विपरीत हुने गरी प्रदेशले आफूखुशी कानुन बनाएर पदाधिकारीहरुलाई सेवा सुविधा दिएको भन्दै रिट दायर गरेका थिए ।
सबै प्रदेशले बनाएको स्थानीय सुविधा सम्बन्धी ऐनको दफा ३ अनुसारको अनुसूचीमा भएको सेवा सुविधा सम्बन्धी व्यवस्था खारेज भएको हो ।

nema
Show More

Related Articles

Back to top button