समाचार

एक करोडको रुपैैँया बराबरका गहना र नगन चोरेको आरोपमा भारतमा तीन नेपाली पक्राउ

५ आषाढ, ÷भारतको पुणेमा एक करोड रुपैयाँ बराबरका गहना र नगद चोरेको आरोपमा तीन नेपालीलाई पक्राउ गरिएको छ । पुणे मिरर अनलाइनका अनुसार पक्राऊ पर्नेमा ४२ वर्षीय गोविन्द कालु परियारलगायत तीन जना पक्राउ गरिएको हो । उनीहरुको नेपालको ठेगाना भेन खुलाइएको छैन । केन्द्रीय रेलवेका मुख्य सुरक्षा आयुक्त अतुल श्रीवास्तवले ती नेपालीहरुलार्य नेपाको सीमा क्षेत्रतर्फ प्रस्थान गर्न लागेको रेलबाट हिजो पक्राउ गरिएको बताएका छन् ।
उनीहरुलाई पुणेको एक पसलबाट हिराका गहना र नगद चोरेको आरोप लागेको छ । प्रहरीले खोजी गर्ने क्रममा गोविन्द रेलको एक सामान्य डिब्बामा फेला परेका थिए । तर, उनका दुई सहयोगी भने अर्को एक कोचमा फेला परेका थिए ।

nema
Show More

Related Articles

Back to top button