समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेस सांसदले ब्यङग्य गदै यसो भनिन

१९ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसंग स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले ब्यङग्य स्वरुप यस्तो आग्रह गरेकी हुन् ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गरेकी हुन ।
प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् ।

nema
Show More

Related Articles

Back to top button