समाचार

आइपिएल क्रिकेटको फाइनलमा आइतवार हैदरावादको भिडन्त चेन्नईसंग

इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकै महंगो टि—ट्वान्टी क्रिकेट प्रतियोगिता निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मुम्बईको वाङखाडे रंगशालामा हुने खेलमा दुबै टोली जितको खोजीमा छन् ।
हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो । रसिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।
यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो । खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो । समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो । शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो । उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे। मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए । बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए ।

nema
Show More

Related Articles

Back to top button