समाचार

राहुल गान्धीलाई हराएकी इरानीका सहयोगीको हत्या

भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या गरिएको छ ।
इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको हो। सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ ।
सुतिरहेका बेला उनलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । अमेठीमा भएको निर्वाचनमा इरानीले गान्धीलाई पराजित गरेकी थिइन् ।

Show More

Related Articles

Back to top button