समाचार

साताको पहिलो दिन नेप्सेमा सामान्य गिरावट

काठमाडौं, जेठ ६ । साताको पहिलो दिन नेप्से शुन्य दशमलव ४६ अंकले घटेको छ । आइतबार नेप्से १ हजार ३ सय ३९ दशमलव १९ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । साताको अन्तिम दिन बिहिबार १ दशमलव ६४ अंकले बढेर १ हजार ३ सय ३९ दशमलव ६५ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
बजार खुल्ने बितिकै बढ्न थालेको बजार, आधा घण्टा नबित्दै ओरालो लागेर बन्द भएको हो ।
‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ०४ अंकले घटेर २ सय ८२ दशमलव २६ अंकमा पुगेको छ ।
यस दिन १ सय ५९ कम्पनीहरुको ७ लाख ६९ हजार ३०३ कित्ताको शेयर खरिदबिक्री हुदै ३४ करोड ८२ लाख ९८ हजार ३२३ रुपैयाँ कारोबार भएको छ ।
आइतवार सवाधिक कमाउनेमा र्मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको रहेको छ । जसले १० प्रतिशत वृद्धि गरेको छ । त्यस्तै सपोट माइक्रोफाइनान्स वित्तीय संस्थको ९ दशमलव ९२ प्रतिशत र सेन्टर फाइनान्स ६ दशमलव ६७ प्रतिशतले बढेको छ ।
त्यस्तै हिमायन डिस्टिलरी लिमिटेडको ३ दशमलव ५९ प्रतिशत, युनाइटेड मोदी हाइडोपावरको ३ दशमलव १२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ३ दशमलव ०५ प्रतिशतले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा एकैदिन ८ वटा कम्पनीहरुको शेयर सुचीकृत भएको छ । यी ६ वटा कम्पनीहरुको बोनस शेयर ६१ लाख ७३ हजार ६५४ दशमलव १ कित्ता र २ वटा कम्पनीहरुको हकप्रद शेयर २ करोड २१ लाख ८३ हजार ३ दशमलव ७४ कित्ता गरी कुल २ करोड ८३ लाख ५६ हजार ६५७ दशमलव ८४ कित्ता शेयर नेप्सेमा थपिएको हो ।

nema
Show More

Related Articles

Back to top button