समाचार

प्रधानसेनापति थापा एक साता चीन भ्रमणमा जाँदै

३१, जेष्ठ, काठमाडौैँ÷प्रधानसेनापति पूर्णचन्द्र थापा असार १ गतेदेखि एक साता लामो चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका प्रधानसेनापति थापाको साथमा उनकी धर्मपत्नी दिपा थापा , नेपाली सेनाका कार्यकारी उपरथी अनन्त कार्कीसहित ८ जनाको टोली सहभागी रहने बताइएको छ । प्रधानसेनापति थापाले चीन भ्रमणको क्रममा त्यहाँको सैनिक संगठन तथा संरचनाको निरीक्षण,ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने र सेना तथा सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button