breakingविचारसमाचार

नेपाल एयरलाइन्सले चिनियाँ जहाज बिक्री गर्ने

२०७९ मंसिर २०

२० मंसिर, काठमाडौं ।

नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने उनले बताइन् । ‘हामीले सुरुमा भाडामा दिने तयारी गरेका थियौं,’ उनले भनिन्, ‘यसमा कोही पनि इच्छुक नभएपछि जहाज बिक्री गर्ने विकल्पमा तयारी थालेका हौं ।’

Show More

Related Articles

Check Also
Close
Back to top button