breakingसमाचार

काँगे्रसका पुराना नेता बेखारत्न शाक्यको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

४ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसका पुराना नेता तथा ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी पर्नु भएको शाक्यको आईतबार बिहान निधन भएको हो । उहाँले आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा ठुलो भूमिका खेल्नु भएको थियो ।
यसैबीच, नेपाली काँगे्रसका नेता शाक्यको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर(केवी) गुरुले आज शोक वक्तब्य जारी गदै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौैँ — शोक वक्तब्यमा भनिएको छ ।

nema
Show More

Related Articles

Back to top button